उपदेशक 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 मैले सूर्यमुनि अर्को एउटा कुरा देखेको छु: न त दौड चाँडो दगुर्नेको निम्ति हुन्छ, अथवा न त युद्ध बलियाका निम्ति नै हुन्छ, न बुद्धिमान्ले भोजन पाउँछ; न त प्रतिभाशालीले धनसम्पत्ति; वा ज्ञानी पुरुषले कृपादृष्टि नै पाउँछ; तर ती सबै जनाले समय र मौका पाउँदछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु: चाँड़ो दगुर्नेले दौड़ जित्दैन, न शक्तिशालीले युद्ध जित्छ, न त बुद्धिमान्लाई भोजन आउँछ, न तीव्र ज्ञानीलाई धन-सम्पत्ति आउँछ, वा न त पढ़ेकाले निगाह प्राप्त गर्छ। तर समय र मौका नै तिनीहरू सबैले पाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मैले अर्को एउटा कुरा देखेको छु। दौडमा सधैँ चाँडो दगुर्नेहरूले दौड जित्दैनन् र वीरहरूले सधैँ लडाइँ जित्दैनन्। बुद्धिमान् मानिसहरूले सधैँ पेटपालनको मेलो गर्न सक्दैनन्, चतुर मानिसहरूले सधैँ धन कमाउन सक्दैनन् र योग्य मानिसहरू सधैँ उच्च दर्जामा पुग्दैनन्। बेला र मौका सबैमाथि आउन सक्छ। Viz kapitolaपवित्र बाइबल11 यो जीवनमा मैले त्यो चाँडै दगुर्नेले सधैँ दौडमा जितेको देखेको छैन् शक्तिशाली सेनाले नै युद्ध सधैँ जित्दैन, महान ज्ञानी मानिसले आफ्नो कमाई सधैँ खान पाउँदैन, ज्ञानी मानिसले सधैँ सम्पत्ति पाउँदैन; अनि विवेकशील मानिसले सधैँ प्रशंसा पाउँदैन जुन उसले पाउनु पर्थ्यो। समय र अवसर प्रत्येकका निम्ति आउँछ। Viz kapitola |