उपदेशक 9:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण मैले यी सबै कुरामा सोचविचार गरेँ, र यो निष्कर्षमा पुगेँ: धर्मी र बुद्धिमान् र तिनका कामहरू परमेश्वरका हातमा छन्; तर कुनै पनि मानिसलाई प्रेम वा घृणा कुन चाहिँले त्यसलाई पर्खिराखेको हुन्छ भनेर थाहा हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यी सबै कुरामा मैले विचार गरें र यही निष्कर्षमा पुगें कि धर्मात्मा र बुद्धिमान्हरू र तिनीहरूले गर्ने गरेका सारा क्रियाकलाप परमेश्वरकै हातमा हुँदारहेछन्। तर कुनै मानिसले पनि आफूलाई प्रेम वा घृणा केले प्रतीक्षा गरिरहेको छ सो जान्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यी सबै कुरामा मैले लामो र खुब विचार गरें र देखें कि परमेश्वरले बुद्धिमान् र धर्मी मानिसका काम-कारवाइ, तिनीहरूका प्रेम र घृणा पनि उहाँका वशमा राख्नुहुन्छ। आफ्नो भविष्यमा के छ, त्यो कसैले जान्दैन। Viz kapitolaपवित्र बाइबल1 मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचें र देखें, भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाँउछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ। Viz kapitola |