उपदेशक 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु उत्तम हो; किनकि मृत्यु हरेक मानिसको अन्त्य हो; जीवित मानिसले यो कुरा हृदयमा राखोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो। जीवित मानिसले यो कुरा हृदयमा जानिराख्नुपर्छ कि मृत्यु सबै मानिसको अन्तिम दशा हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु असल हो किनभने जिउँदा मानिसले हामी सबैलाई मृत्युले पर्खिराखेको छ भनी सधैँ याद गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल2 भोजको घरमा जानु भन्दा मलामी जानु असल हो। किनकि सबै एक दिन मर्नै पर्छ, अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ। Viz kapitola |