उपदेशक 2:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 मेरा आँखाहरूले चाहेका कुनै पनि अभिलाषा प्राप्त गर्न मैले आफैँलाई इन्कार गरिनँ; मेरो हृदयलाई मोजमस्ती गर्न मैले कुनै पनि कसर बाँकी राखिनँ। मेरा सबै मेहनतमा मेरो हृदय प्रसन्न थियो; अनि मेरो सारा परिश्रमको फल यही थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मेरा आँखाले अभिलाषा गरेको केही प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ। कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 आफूले चिताएको हरेक थोक मैले प्राप्त गरें। कुनै किसिमको सुख-विलास मैले छोडिनँ। आफूले गरेको हरेक काममा म गर्व गर्थें र यी कुराहरू मेरा मेहनतका फल थिए। Viz kapitolaपवित्र बाइबल10 मेरा आखाँले जे देख्थे र चाहन्थें तिनीहरूलाई मैले प्राप्त गरें। म जे गर्थें, मेरो मन सधैँ त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो। Viz kapitola |