व्यवस्था 9:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण यो कुरा याद राख, तिमीहरूको धार्मिकताको कारण याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो उत्तम देश अधिकार गर्नलाई दिनुभएको होइन; किनकि तिमीहरू त हठी मानिसहरू हौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसकारण याद राख, कि तिमीहरूको धार्मिकताको कारणले यो असल देश परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिन लाग्नुभएको होइन। किनभने तिमीहरू त हठी मानिसहरू हौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरूले यो निश्चय जान, तिमीहरू योग्य भएका हुनाले परमप्रभुले यो मलिलो भूमि तिमीहरूलाई दिनुभएको होइन। अँहँ, तिमीहरू त ढिट मानिसहरू हौ। Viz kapitolaपवित्र बाइबल6 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल भूमि दिनु हुँदैछ, तर तिमीहरूले जान्नु आवश्यक छ परमप्रभुले यसो गर्नुको अर्थ यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ। सत्य यो हो कि तिमीहरू हठ्ठी मानिसहरू हौ। Viz kapitola |