व्यवस्था 9:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 मैले तिमीहरूको त्यो पापपूर्ण वस्तु, तिमीहरूले बनाएका बाछा पनि लिएँ, र त्यसलाई आगोमा जलाइदिएँ। त्यसपछि मैले त्यसलाई कुच्च्याएर धुलोपिठो पारिदिएँ। अनि त्यस धुलोलाई पहाडबाट बगिरहेको खोलामा बगाइदिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 त्यसपछि मैले तिमीहरूको त्यो पापमय वस्तु, तिमीहरूले बनाएको त्यो बाछो लिएर आगोमा जलाइदिएँ र त्यसलाई चकनाचूर पारेर धूलोपीठो बनाएँ, र त्यो धूलो पर्वतबाट झर्ने खोलामा फालिदिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनीहरूले बनाएको त्यो पापको वस्तु– धातुको बाछो– मैले लिएर आगोमा फ्याँकिदिएँ। त्यसपछि त्यसलाई मैले टुक्रा-टुक्रा पारेर फुटाएँ, पिंधेर धुलो पारें र पहाडबाट बहेर आएको खोलामा त्यो धुलो फालिदिएँ। Viz kapitolaपवित्र बाइबल21 तिमीहरूले बनाएको भयानक बाछाको मूर्ति मैले आगोमा जलाएँ, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ। Viz kapitola |