व्यवस्था 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण याहवेह तिमीहरूका परमेश्वर नै परमेश्वर हुनुहुन्छ भनी याद राख। उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरूका हजारौँ पुस्तासम्म आफ्नो प्रेमको करार पूरा गर्ने विश्वासयोग्य परमेश्वर उहाँ हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्वर मात्र परमेश्वर हुनुहुन्छ, एक विश्वासयोग्य परमेश्वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्तामाथि उहाँले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ, र दया देखाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यो याद राख, परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ अनि उहाँ विश्वासयोग्य हुनुहुन्छ। उहाँले आफ्नो करार राख्नुहुनेछ र उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा मान्नेहरूका हजारौँ पुस्ताहरूलाई अटुट प्रेम गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल9 “यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ। Viz kapitola |