व्यवस्था 7:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर याहवेहले तिमीहरूलाई प्रेम गर्नुभएको कारण र उहाँले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको कारण, यसकासाथै उहाँको महान् शक्तिद्वारा तिमीहरूलाई दासत्वको देश इजिप्टको राजा फारोको शक्तिबाट छुटकारा दिएर निकालेर ल्याउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई नै तिमीहरूलाई परमप्रभुले आफ्नो बाहुबलद्वारा निकाली ल्याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्वको देशबाट छुटकारा दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभयो र तिम्रा पुर्खासित गर्नुभएको उहाँको प्रतिज्ञा पूरा गर्न चाहनुहुन्थ्यो। त्यसैकारण आफ्नो महान् शक्तिले उहाँले तिमीहरूलाई बचाउनुभयो र मिश्रको राजाको दासत्वदेखि छुटकारा दिनुभयो। Viz kapitolaपवित्र बाइबल8 तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फिरऊनको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसँग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो। Viz kapitola |