व्यवस्था 7:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिमीहरूले तिनीहरूका देवी-देवताहरूको मूर्तिहरूलाई आगोमा जलाइदिनू। तिनीहरूसँग भएका चाँदी र सुनको लालच नगर्नू। अनि ती तिमीहरूले आफ्नै लागि नलिनू, नत्रता तिमीहरू त्यसद्वारा पासोमा पर्नेछौ। किनकि याहवेह तिमीहरूका परमेश्वरका निम्ति त्यो घृणित कुरा हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उनीहरूका देवताहरूका मूर्तिहरू तिमीहरूले आगोमा जलाइदिनू। मूर्तिमा भएका सुन र चाँदीको लालच गरेर आफ्नो निम्ति नलिनू, किनकि त्यही नै तिमीहरूका निम्ति फन्दा हुनेछ। किनभने परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति यो घृणित कुरो हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिनीहरूका मूर्तिहरू जलाइदेओ। तिनीहरूमा भएका सुन वा चाँदीका लालच नगर, ती आफ्नै लागि तिमीहरूले नलैजाओ। त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ किनभने परमप्रभुले मूर्तिपूजा घिन गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल25 “तिमीहरूले तिनीहरूका देवी-देवताको मूर्तिहरू आगोमा फ्याँकिदिनु पर्छ अनि जलाएर नष्ट पारिदिनु पर्छ। तिमीहरूले ती मूर्तिहरूमा रहेको सुन अथवा चाँदी राख्नु हुँदैन। त्यसले तिमीहरूको जीवनमा नष्ट पार्नेछ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले मूर्तिहरू मन पराउनु हुन्न। Viz kapitola |