व्यवस्था 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न त्यस देशमा ल्याउनुहुनेछ, तब तिमीहरूका अगि तिमीहरूभन्दा ठूला, बलवान् यी सात जातिहरूलाई धपाइदिनुहुनेछ—हित्तीहरू, गिर्गाशीहरू, एमोरीहरू, कनानीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुहुन्छ, र तिमीहरूभन्दा असंख्य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूका सामुन्नेबाट उहाँले धपाउनुहुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूले अधीनमा लिन आँटेका देशमा तिमीहरूलाई पुर्याउनुहुनेछ। त्यहाँबाट उहाँले धेरै जातिहरूलाई धपाउनुहुनेछ। जसै तिमीहरू अघि बढ्छौ, उहाँले तिमीहरूभन्दा ठूला र शक्तिशाली यी सात जातिहरूलाई धपाउनुहुनेछ– हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरू। Viz kapitolaपवित्र बाइबल1 “तिमीहरूले आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेको भूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले मार्ग-दर्शन गर्नु हुनेछ। तिमीहरू भन्दा अझ ठूला अनि शक्तिशाली सातवटा देशहरू-हित्ती, गिर्गाशी, एमोरी, कनानी, पारिज्जी, हिव्वी र यबूसीहरूलाई परमप्रभुले तिमीहरूलाई बसाउन बलपूर्वक निकाल्नु हुनेछ। Viz kapitola |