व्यवस्था 6:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिमीहरूले यर्दन पार गरेर अधिकार गर्ने देशमा पालन गर्नलाई सिकाउनू भनेर याहवेह तिमीहरूका परमेश्वरले मलाई निर्देशन गर्नुभएका विधि-विधानहरू र उर्दीहरू यिनै हुन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएका आज्ञा, विधि र विधान यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई सिकाउन भनी मलाई आज्ञा गर्नुभएका सबै नियमहरू यी नै हुन्। जुन देशमा पसी त्यसलाई आफ्नो अधीन गर्नेछौ, त्यहाँ तिनको पालन गर्नू। Viz kapitolaपवित्र बाइबल1 “आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर। Viz kapitola |