व्यवस्था 5:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार सबै मार्गहरूमा आज्ञाकारी भएर हिँडिरहनू; ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको समृद्धि होस्, र तिमीहरूको आयु लामो होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्याण होस्, र तिमीहरूको आयु लामो होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 ती सबै पालन गर र उहाँको कुनै पनि आज्ञा नतोड। सबै कुरामा तिमीहरूलाई भलो हुनेछ अनि आफूले अधीन गर्न लागेका देशमा तिमीहरू बास गरिरहनेछौ। Viz kapitolaपवित्र बाइबल33 यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ। Viz kapitola |