व्यवस्था 32:51 - पवित्र बाइबल नेपाली समकालीन संस्करण51 किनभने तिमीहरू दुवैले जीनको उजाडस्थानमा भएको कादेश मेरीबाको पानीमा इस्राएलीहरूको उपस्थितिमा मप्रति विश्वासघात गरेका थियौ; तिमीहरूले इस्राएलीहरूको बीचमा मेरो पवित्रतालाई कायम राखेनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 किनभने तिमीहरू दुवैले जीनको उजाड़-स्थानको मेरीबा-कादेशका पानीमा इस्राएलीहरूका बीचमा मलाई विश्वासघात गर्यौ, किनकि तिमीहरूले इस्राएलीहरूका बीचमा मेरो पवित्रताको कदर गरेनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 किनभने तिमीहरू दुवै भाइ इस्राएलका मानिसहरूको सामु मप्रति अविश्वासयोग्य भयौ। जब तिमीहरू कादेश सहरका नजिकमा सीनको उजाड-स्थानमा मरीबाका पानीनिर थियौ, तब तिमीहरूले मानिसहरूको अघि मेरो अनादर गर्यौ। Viz kapitolaपवित्र बाइबल51 किनभने जब तिमी सीनको मरुभूमिमा कादेशको नजिक मरीबा पानीमा थियौ तब तिमी दुवैले मेरो विरूद्ध इस्राएलीहरूको अघि पाप गरेको थियौ। तिमीले मेरो सम्मान गरेनौ अनि ‘म पवित्र हुँ’, भनी मानिसहरूलाई बुझाएनौ। Viz kapitola |