व्यवस्था 30:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सुदिन फर्काइदिनुहुनेछ, र तिमीहरूमाथि दया देखाउनुहुनेछ। अनि उहाँले तिमीहरूलाई छरपस्ट पार्नुभएका सबै जातिहरूका बीचबाट फेरि भेला गराउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूमाथि कृपा गर्नुहुनेछ। जुन देशहरूमा तिमीहरू छरपष्ट भएर बसेका थियौ, त्यहाँबाट तिमीहरूलाई परमप्रभुले फर्काइल्याउनुहुनेछ र फेरि तिमीहरूको उन्नति गराउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल3 तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ। Viz kapitola |