व्यवस्था 28:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरूका देशमा ठिक समयमा झरी पठाउन र तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिन याहवेहले आकाश र उहाँका प्रशस्तताको भण्डारलाई खोलिदिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीहरूले चाहिँ कसैबाट पनि ऋण लिनेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुले आकाश, आफ्नो प्रशस्तताको भण्डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष् दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आकाशको आफ्नो भरिभराउ भण्डारबाट वर्षा ऋतुमा उहाँले पानीको झरी दिनुहुनेछ र तिम्रा सबै काममा आशिष् दिनुहुनेछ र तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ। तर तिमीहरूले चाहिँ उनीहरूबाट केही कुरा ऋण लिनुपर्नेछैन। Viz kapitolaपवित्र बाइबल12 आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन। Viz kapitola |