व्यवस्था 26:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिमीहरूले आजको दिन याहवेह तिमीहरूका परमेश्वर हुनुहुन्छ भनी घोषणा गरेका छौ। अनि तिमीहरू उहाँका मार्गहरूमा हिँड्नेछौ। उहाँका उर्दीहरू, आज्ञाहरू र नियमहरू मान्नेछौ। अनि उहाँमा आज्ञाकारी हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, हामी उहाँका मार्गमा हिँड्नेछौं र उहाँका विधि, आज्ञा र विधानहरू मान्नेछौं, र उहाँको वचन पालन गर्नेछौं” भनी तिमीहरूले आज निश्चय गरेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 आज तिमीहरूले परमप्रभुलाई आफ्ना परमेश्वर भनी ग्रहण गरेका छौ अनि उहाँको आज्ञापालन गर्ने, सबै नियम मान्ने र उहाँका आज्ञाअनुसार सबै काम पूरा गर्ने प्रतिज्ञा गरेका छौ। Viz kapitolaपवित्र बाइबल17 आज तिमीहरूले भनेका छौ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ अनि उहाँले देखाउनु भएको बोटामा हिंड्ने, उहाँको शिक्षा अनुशरण गर्ने अनि उहाँले बताउनु भएको नियमहरू र निर्णयहरू पालन गर्ने प्रतिज्ञा गरेका छौ। तिमीहरूले भन्यौ उहाँले बताउनु भएको प्रत्येक चीज तिमीहरू गर्नेछौ। Viz kapitola |