व्यवस्था 23:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिमीहरूले विदेशीबाट ब्याज लिन सक्छौ, तर आफ्नो इस्राएली दाजुभाइबाट नलिनू। तिमीहरूले अधिकार गर्न गइरहेको देशमा याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 विदेशीबाट त तिमीहरू ब्याज लिन सक्छौ, तर आफ्ना दाजुभाइ इस्राएलीबाट त होइन, ताकि तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले गर्न लागेको काममा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् देऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 विदेशीलाई दिएको ऋणमा ब्याज लिन सक्छौ तर इस्राएली साथीभाइलाई दिएका ऋणमा त्यसो नगर्नू। यो नियम मान्नू र परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूले अधीन गर्न आँटेको देशमा तिमीहरूले गरेका हरेक काममा आशिष् दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल20 तिमीहरूले आफ्नो इस्राएली भाइलाई दिएको ऋणमा ब्याज लगाउनु हुँदैन तर कुनै विदेशीलाई दिएको ऋणमा ब्याज लगाउन सक्छौ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएको भूमिमा प्रवेश गर्नु लागेको छौ अनि तिमीहरूले जे गर्छौ त्यसमा परमप्रभु तिमीहरूका परमेश्वरले आशीर्वाद दिनुहुन्छ। Viz kapitola |