व्यवस्था 2:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब तिमीहरू अम्मोनीकहाँ आउँछौ, तब तिनीहरूलाई दुःख नदिनू, अथवा लडाइँका लागि नउक्साउनू। किनकि म तिमीहरूलाई अम्मोनीहरूको देशको कुनै पनि भाग अधिकार गर्न दिनेछैनँ। मैले अम्मोन देश लोतका सन्ततिलाई अधिकार गर्न दिएको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 जब तिमीहरू अम्मोनीहरूको सिमानामा पुग्छौ, तब उनीहरूलाई दु:ख-कष्ट नदेओ। उनीहरूलाई लड़ाइँ गर्न नउक्साओ, किनकि अम्मोनीहरूको देशबाट अधिकारको निम्ति म कुनै अंश पनि तिमीहरूलाई दिन्नँ। मैले त्यो लोतका सन्तानको अधिकारमा दिएको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तब तिमीहरू लोतका सन्तान अम्मोनीहरूका देशको छेउमा पुग्नेछौ। तिमीहरूले तिनीहरूलाई नचलाउनू वा तिनीहरूसित लडाइँ सुरु नगर्नू किनभने मैले तिनीहरूलाई दिएको कुनै पनि जग्गा-जमिन म तिमीहरूलाई दिनेछैनँ’।” Viz kapitolaपवित्र बाइबल19 तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।’” Viz kapitola |