व्यवस्था 16:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिमीहरूका सबै पुरुषहरू वर्षमा तीन पल्ट याहवेह तिमीहरूका परमेश्वरले चुन्नुहुने ठाउँमा उहाँको सामु देखा पर्नुपर्छ: अर्थात् अखमिरी रोटीको चाडमा, साताहरूका चाडमा र छाप्रोबासको चाडमा तिमीहरूका सबै पुरुषहरू देखा परून्। याहवेहको सामु कोही पनि रित्तो हात देखा नपरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुनेछ, त्यहाँ वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुष उहाँको सामुन्ने देखा परून्: अखमिरी रोटीको चाड़मा, साताहरूको चाड़मा र छाप्रो-वासको चाड़मा। परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16-17 “तिम्रा जातिका सबै पुरुषहरू वर्षमा तीनचोटि निस्तार-चाड, कटनी-चाड र छाप्रो-चाडका समयमा त्यो एक मात्र आराधना-स्थलमा परमप्रभुलाई पूज्न आउनुपर्नेछ। हरेकले आफूले सकेअनुसार र परमप्रभु आफ्ना परमेश्वरले दिएका आशिष्अनुसार भेटी लिएर आउनुपर्छ। Viz kapitolaपवित्र बाइबल16 “परमप्रभु तिमीहरूका परमेश्वरले विशेष ठाउँ भनी रोज्नु हुने ठाउँमा बर्षमा तीन पल्ट तिमीहरूका मानिसहरू भेला हुनैपर्छ। तिनीहरू अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-बासको चाडमा भेला हुनु पर्छ। त्यहाँ भेट गर्न आउने प्रत्येक मानिसले बलि ल्याउनु पर्छ। Viz kapitola |