Online Bible

- Reklamy -




व्यवस्था 1:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 अनि तिमीहरूका छोराछोरीहरू, जसलाई कैदमा लगिनेछ भनी तिमीहरू भन्छौ, जो असल र खराब अहिले छुट्याउन सक्दैनन्, तिनीहरू त्यस देशमा प्रवेश गर्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यस देशमा अधिकार गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तिमीहरूका बालबच्‍चा, जसका विषयमा ती कैदमा पर्नेछन्, भनी तिमीहरूले भन्‍यौ, बरु ती असल र खराब नजान्‍ने तिमीहरूका साना अबोध नानीहरूचाहिँ त्‍यहाँ प्रवेश गर्नेछन्‌। म त्‍यो देश तिनीहरूलाई दिनेछु र त्‍यो तिनीहरूले अधिकार गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 “तब परमप्रभुले हामी सबैलाई भन्‍नुभयो, ‘तिम्रा छोरा-छोरीहरू जो अझै स-साना छन् र असल र खराब छुट्ट्याउन सक्‍दैनन्, जसलाई तिम्रा शत्रुहरूले पक्रिलैजानेछन् भनी तिमीहरू भन्‍थ्‍यौ, तिनीहरू त्‍यस देशमा पस्‍नेछन्। म त्‍यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्‍यसलाई आफ्‍ना अधिकारमा लिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 अनि परमप्रभुले हामीलाई भन्नुभयो, ‘तिमीहरूको बालबच्चाहरू शत्रुहरूले लिएर जानेछन् भनेर तिमीहरूले भन्यौ तर ती नानीहरू त्यस भूमिमा जानेछन्। म ती नानीहरूलाई दोष दिने छैन कारण तिनीहरू अहिले अबुझ छन्, यसकारण म त्यो भूमि तिनीहरूलाई दिनेछु अनि तिनीहरूले त्यो भूमि आफ्नो भनी लिनेछन्।

Viz kapitola kopírovat




व्यवस्था 1:39

Následuj nás:

Reklamy


Reklamy