Online Bible

- Reklamy -




दानिएल 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 हे प्रभु, तपाईंका सबै धार्मिक कामहरू कायम राख्नुहोस्; अनि आफ्नो रिस र क्रोधलाई तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट हटाउनुहोस्। हाम्रा पापहरू र हाम्रा पितापुर्खाहरूका अधर्महरूले यरूशलेम र तपाईंका मानिसहरूलाई हाम्रा चारैतिर भएका मानिसहरूका निम्ति निन्दाको पात्र बनाइदिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 हे परमप्रभु, तपाईंका धार्मिक कार्यअनुरूप तपाईंको सहर, तपाईंको पवित्र डाँड़ा यरूशलेमबाट आफ्‍नो क्रोध र रीस हटाउनुहोस्‌। हाम्रा पाप र हाम्रा पिता-पुर्खाका अपराधले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा वरिपरिका मानिसहरूका सामु गिल्‍लाका पात्र बनेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 बितेका दिनमा तपाईंले हाम्रो रक्षा गर्नुभयो र अबदेखि उसो यरूशलेमसित नरिसाउनुहोस्। त्‍यो तपाईंको सहर हो, तपाईंको पवित्र डाँडा हो। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूका दुष्‍ट कामले गर्दा हाम्रा छिमेकी देशहरूका सबै मानिसहरूले यरूशलेम र तपाईंको प्रजालाई हेला गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 हे परमप्रभु! तपाईंको दया, उद्धारको राम्रो कामहरूद्वारा आफ्नो शहर पवित्र डाँडा यरूशलेमबाट आफ्नो क्रोध र रीस हटाउनु होस्। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूको दोषले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा सबै छिमेकीहरूका बीचमा हामी लज्जित भएकाछौं।

Viz kapitola kopírovat




दानिएल 9:16

Následuj nás:

Reklamy


Reklamy