दानिएल 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि त्यो रिसले चुर भयो, र त्यस साँढभेडालाई आक्रमण गरेर त्यसका दुई वटा सिङहरू भाँचिदिएको मैले देखेँ। त्यस बोकाको विरुद्धमा त्यो साँढभेडा सामु उभिने शक्ति रहेन; त्यो बोकाले त्यस साँढभेडालाई भुइँमा पछार्यो, र त्यसलाई कुल्चीमिल्ची पार्यो; अनि त्यस साँढभेडालाई त्यो बोकाको शक्तिबाट कसैले पनि बचाउन सकेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 रीसले चूर भई त्यसले भेड़ालाई आक्रमण गरी हानेर त्यसका दुई वटै सीङ भाँचिदिएको मैले देखें। त्यसको विरुद्ध खड़ा हुन त्यो भेड़ा शक्तिहीन थियो। त्यस बोकाले त्यसलाई जमिनमा पछारिदियो र त्यसमाथि टेक्यो, र त्यसको शक्तिबाट भेड़ालाई छुटाउन कसैले पनि सकेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसले साँढ-भेडामाथि हमला गरेको मैले हेरिरहे। त्यो रिसले यति साह्रो चुर भएको थियो कि त्यसले भेडालाई जोडसित हानेर त्यसका दुवै सिङ भाँचिदियो। अब साँढ-भेडाको त्योसित सामना गर्ने शक्ति थिएन। त्यो जमिनमा पछारियो र बोकोले त्यसलाई कुल्चीमिल्ची पार्यो। साँढभेडालाई बचाउन सक्ने त्यहाँ कोही थिएन। Viz kapitolaपवित्र बाइबल7 मैले बोकालाई भेंडा़तिर कुद्दै गरेको देखें। अनि बोकाले भेडोलाई हान्यो भेडोका दुइवटा सींङ भाँचिदियो। बोकोसित भेंडो़को सामना गर्ने शक्ति थिएन। बोकोले भेंडो़लाई भूईंमा लडायो अनि त्यसलाई कुल्चियो। भेंडा़लाई बचाउने त्यहाँ कोही थिएन। Viz kapitola |