दानिएल 7:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 “उहाँले मलाई यो कुरा व्याख्या गरिदिनुभयो: ‘चौथो पशुचाहिँ पृथ्वीमा देखा पर्ने चौथो राज्य हो। यो अरू सबै राज्यहरूभन्दा फरक हुनेछ; अनि यसले सारा पृथ्वीलाई खानेछ, र त्यसलाई कुल्चीमिल्ची पारेर धुलोपिठो बनाइदिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “तिनले मलाई यसरी बताए: ‘चौथो जनावरचाहिँ पृथ्वीमा देखा पर्ने चौथो राज्य हो। योचाहिँ अरू राज्यहरूभन्दा फरक हुनेछ र समस्त पृथ्वीलाई कुल्चीमिल्ची पारी निल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मलाई त्यसको अर्थ यसरी बुझाइयो, “त्यो चौथो जन्तु चौथो राज्य हो, त्यो राज्य पृथ्वीमा स्थापित हुनेछ र त्यो अरू सबै राज्यहरूभन्दा भिन्नै हुनेछ। त्यसले सारा पृथ्वीलाई मर्याकमुरुक पारेर पैतालाले कुल्चनेछ। Viz kapitolaपवित्र बाइबल23 “उहाँले मलाई यो जवाफ दिनुभयो ‘चौथो डरलाग्दो पशुले एउटा अर्को चौथो राज्यको प्रतिनिधित्व गर्छ। यो अरू राज्यहरू भन्दा बेग्लै हुनेछ। यस चौथो राज्यले समस्त पृथ्वीलाई निल्नेछन्, यसलाई कुल्चेर धूलो-पीठो पार्नेछ। Viz kapitola |