दानिएल 6:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 राजाको हुकुममा दानिएललाई झूटो आरोप लगाउने मानिसहरूलाई भित्र ल्याइए; अनि तिनीहरूका पत्नीहरू र छोराछोरीहरूसमेत तिनीहरू सिंहको खोरभित्र फ्याँकिए। तिनीहरू खोरको भुइँमा पुग्नुभन्दा अगि नै ती सिंहहरूले तिनीहरूलाई झम्टे, र तिनीहरूका सबै हड्डीहरू चकनाचुर पारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 दानिएललाई झूटो आरोप लगाउने मानिसहरू राजाको हुकुममा भित्र ल्याइए र श्रीमती र नानीहरूसमेत उनीहरू सिंहको खोरमा फ्याँकिए। अनि उनीहरू खोरको भूइँमा नपुग्दै सिंहहरूले उनीहरूमाथि झम्टेर उनीहरूका हड्डीहरूसमेत कर्याककुरुक पारेर खाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यसपछि दानिएललाई दोष लगाउने सबै मानिसहरूलाई पक्रन राजाले आज्ञा दिए र ती मानिसहरूलाई तिनीहरूका जहान र बाल-बच्चासहित सिंहका खोरमा फालिदिए। तिनीहरू खोरको भूइँसम्म पुग्नु अघि नै सिंहहरूले झम्टेर तिनीहरूका हड्डीहरू कर्याककुरुक पारिदिए। Viz kapitolaपवित्र बाइबल24 त्यसपछि राजाले तिनीहरूलाई हुकुम दिनु भयो जसले दानियललाई दोष दिएका थिए अनि सिंहको खोरमा हाल्न लगाए। तिनीहरूका पत्नी र छोरा-छोरीहरू समेत सिंहको खोरमा हालिए। तिनीहरू तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले झम्टेर तिनीहरूका हड्डी समेत कर्याक कुरूक पारेर खाइहाले। Viz kapitola |