दानिएल 6:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब राजाले यो कुरा सुने, तिनी अति दुःखित भए; दानिएललाई छुटाउने सङ्कल्प गरेर सूर्यास्त नभएसम्म तिनलाई बचाउने हर किसिमको प्रयास गरिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जब राजाले यो कुरा सुने, उनी अत्यन्त दु:खित भए। दानिएललाई छुटकारा दिने उनले निर्णय गरे र तिनलाई बचाउन सूर्यास्तसम्मै हरप्रयास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यो कुरा सुनेर राजा अन्योलमा परे र दानिएललाई बचाउने कुनै उपाय निकाल्न खुब विचार गर्न लागे। घाम नअस्ताएसम्म उनले जुक्ति गरि नै रहे। Viz kapitolaपवित्र बाइबल14 जब राजाले यो खबर सुने तिनी अत्यन्तै दु:खी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुन्जेलसम्म दानियललाई बचाउँने चेष्टा गरे। Viz kapitola |