दानिएल 4:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 नबूकदनेसरको बारेमा जे कुरा भनिएको थियो, त्यो तुरुन्तै त्यही घडी पूरा भयो। राजा मानिसहरूबाट धपाइए र तिनले गाईबस्तुले झैँ घाँस खाए। तिनको केश चीलका प्वाँखहरूझैँ लामा र तिनका नङहरू चराका नङ्ग्राहरूजस्ता लामा नभएसम्म तिनको शरीरलाई आकाशका शीतले भिजाइरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 नबूकदनेसरको बारेमा जो कुरो भनिएको थियो, तुरुन्तै पूरा भयो। उनी मानिसहरूबाट धपाइए र उनले गाईबस्तुले झैँ घाँस खान थाले। उनको रौँ चीलका प्वाँखजस्तै र उनका नङहरू चराका नङ्ग्राहरूजस्तै नहोउञ्जेल उनको शरीर आकाशको शीतले भिज्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 ती कुरा तुरुन्तै पूरा भए। नबूकदनेसर मानव-समाजबाट धपाइए र तिनले गोरुले झैँ घाँस खान थाले। शीत उनको जिउमा पर्यो र उनका केश चिलका प्वाँखझैँ र नङ्ग चराका नङ्ग्राझैँ लामा-लामा भए। Viz kapitolaपवित्र बाइबल33 फेरि तुरून्तै यो घटना घट्यो, नबूकदनेस्सर मानिसहरूबाट निकालिए, उनले गाईले जस्तो घाँस खान थाले र उनको शरीर आकाशको शीतले भिज्यो, उनको कपाल लामो, गीद्धको प्वाँख जस्तो भयो अनि उनको नङ्ग्राहरू चीलका नङ्गा जस्तै लामा लामा भए। Viz kapitola |