Online Bible

- Reklamy -




दानिएल 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर केही यहूदीहरू छन्, अर्थात् शद्रक, मेशक र अबेद्नगो, जसलाई हजुरले बेबिलोनको प्रान्तमाथि शासन गर्न नियुक्त गर्नुभएको छ; हे महाराजा, यी मानिसहरूले हजुरको आदेश पालना गरेका छैनन्। न त तिनीहरूले हजुरका देवताहरूलाई पुज्दछन्, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई दण्डवत् गर्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर केही यहूदीहरू छन्, जसलाई हजूरले बेबिलोनको प्रान्‍तमाथि शासन गर्न नियुक्त गर्नुभयो, जसका नाउँ शद्रक, मेशक र अबेद्‌नगो हुन्‌। हे महाराजा, यिनीहरूले हजूरलाई टेर्दैनन्‌। यिनीहरू न त हजूरका देवताहरूलाई पुज्‍छन्, न हजूरले स्‍थापना गर्नुभएको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हजुरले बेबिलोन-प्रान्‍तको शासनभार सुम्‍पिएका केही यहूदीहरू अर्थात् शद्रक, मेशक र अबेद्‌नगोले हजुरका आज्ञापालन गरेका छैनन्। तिनीहरूले हजुरका देवताहरूलाई पुज्‍दैनन् र हजुरले खडा गरेको मूर्तिलाई घोप्‍टेर ढोग्‍दैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यहाँ केही यस्तो यहूदीहरू छन् जसले तपाईंको यो आदेशलाई पालन गर्दैनन्। तपाईंले ती यहूदीहरूलाई बाबेल प्रदेशमा महत्वपूर्ण हाकिम बनाउनु भएको छ। यिनीहरूको नाउँ यस प्रकार छ शद्रक, मेशक अनि अबेदनगो। यिनीहरूले तपाईंका देवताको पूजा गर्दैनन् अनि जुन सुनको मूर्ति तपाईंले स्थापित गर्नु भएको छ उनीहरू न त त्यस मूर्तिको सामने झुक्छन् न त पूजा नै गर्छन।”

Viz kapitola kopírovat




दानिएल 3:12

Následuj nás:

Reklamy


Reklamy