दानिएल 2:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 चट्टानको पहराबाट मानिसको हातले होइन, तर आफैँ काटिएको ढुङ्गाको दर्शनको अर्थ यही हो—त्यो चट्टानको टुक्रा, जसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई चकनाचुर पारिदियो। “महान् परमेश्वरले राजालाई भविष्यमा के हुनेछ भनी देखाइदिनुभएको छ। सपना साँचो हो र सपनाको अर्थ सत्य छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 हजूरले देख्नुभएको ढुङ्गाको अर्थ यही हो, जुनचाहिँ मानिसको हातद्वारा नकाटिईकनै पहरोबाट आएको थियो— त्यो ढुङ्गा जसले फलाम, काँसो, माटो, चाँदी र सुनलाई धूलोपीठो पारिदियो। “महान् परमेश्वरले महाराजालाई भविष्यमा हुने कुराहरू देखाउनुभएको छ। त्यो सपना सत्य हो, र यसको अर्थ विश्वासयोग्य छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 हजुरले देख्नुभयो कि कसरी पहराबाट एउटा ढुङ्गा मानिसले नछोई फुटेर आई त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनले बनेका मूर्तिलाई तोडेको थियो। सर्वमान्य परमेश्वरले भविष्यमा के हुनेछ, त्यो हजुरलाई देखाउँदै हुनुहुन्छ। हजुरले जस्तो सपना देख्नुभयो मैले त्यस्तै वर्णन गरिदिएँ र त्यसको सही अर्थ खोलिदिएँ।” Viz kapitolaपवित्र बाइबल45 “यो राज्य चाहिँ तपाईंले देख्नु भएको त्यो चट्टान हो जुन कसैले नहटाई कन पहाडबाट आफैं काटियो अनि त्यो चट्टान फलाम, पित्तल, चाँदी, माटो र सुनलाई टुक्रा-टुक्रा पार्यो। यस प्रकार महान् परमेश्वरले तपाईंलाई भविष्यमा के हुनेछ देखाउनु भयो। यो सपना साँच्चो छ र तपाईं यसको व्याख्यामा भर पर्न सक्नुहुन्छ।” Viz kapitola |