दानिएल 2:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर स्वर्गमा परमेश्वर हुनुहुन्छ, जसले रहस्यमय कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले राजा नबूकदनेसरलाई आउने दिनहरूमा के कस्तो हुनेछ भन्ने कुरा देखाउनुभएको छ। तपाईं आफ्नो ओछ्यानमा ढल्किरहनुहुँदा तपाईंको मनमा आएका तपाईंको सपना र दर्शन यिनै हुन्: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर स्वर्गमा एक परमेश्वर हुनुहुन्छ, जसले रहस्यका कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले महाराजा नबूकदनेसरलाई भविष्यमा हुने कुराहरू देखाउनुभएको छ। हजूर ओछ्यानमा ढल्किरहनुहुँदा हजूरको मनमा भएका सपना र दर्शनहरू यी नै हुन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तर स्वर्गमा एक परमेश्वर हुनुहुन्छ, जसले रहस्यका अर्थहरू खोलिदिनुहुन्छ। उहाँले नै भविष्यमा के हुनेछ, त्यो महाराजालाई बताइदिनुभएको हो। अब म हजुरलाई त्यो सपना अथवा हजुरले सुतेका बेलामा देख्नुभएको दर्शन के थियो, सो बताउनेछु। Viz kapitolaपवित्र बाइबल28 तर स्वर्गमा एउटा यस्तो परमेश्वर हुनुहुन्छ, जसले गुप्त रहस्यहरू बताउँन सक्नुहुन्छ। परमेश्वरले राजा नबूकदनेस्सरलाई अब के हुनेवाला छ यो दर्शाउनको लागि सपना देखाई दिनुभयो। आफ्नो ओछ्यानमा सुतेर तपाईंले सपनामा जे कुराहरू देख्नुभयो, त्यो यो होः Viz kapitola |