दानिएल 11:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब उत्तरका राजा आउनेछन्, र घेराबन्दी गर्ने मोर्चाहरू निर्माण गर्नेछन्; अनि एउटा सुरक्षित सहरलाई कब्जा गर्नेछन्। दक्षिणका सेनाहरूले प्रतिरोध गर्न सक्नेछैनन्; तिनीहरूका उत्तम लडाकु सेनाहरूमा पनि खडा हुनसक्ने शक्ति रहनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 त्यसपछि उत्तरका राजा आएर घेरा मचान बनाई पर्खालले घेरिएको सहरलाई कब्जा गर्नेछन्। दक्षिणको सेना त्यसको सामना गर्न शक्तिहीन हुनेछ, तिनीहरूका उत्कृष्ट टोलीहरू पनि खड़ा हुन सक्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तब अरामका राजाले एउटा किल्ला र पर्खाल भएको सहरलाई घेरामा हाल्नेछन् र त्यसलाई अधीनमा लिनेछन्। मिश्रका सिपाहीहरूले लडाइँ गर्न छोड्नेछन्। तीमध्ये सबैभन्दा असल लडाकु योद्धाहरू पनि दुर्बल हुनेछन्। Viz kapitolaपवित्र बाइबल15 तब उत्तरको राजा आएर घेरा-मचान उठाउनेछन् र पर्खाल भएको शहरलाई लिनेछन् अनि दक्षिणको सेनाले तिनको सामना गर्न सक्नेछैन, यहाँ सम्म कि सेनाका वीर जवानहरू पनि तिनको सामुन्ने अडिन सक्ने छैनन्। Viz kapitola |