दानिएल 10:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनको शरीर पीतमणिजस्तो, तिनको अनुहार बिजुलीजस्तो चम्किलो, तिनका आँखाहरू आगोका राँकाहरूजस्ता, तिनका पाखुराहरू र खुट्टाहरू टल्काइएको काँसाजस्तो चम्किलो र तिनको आवाज धेरै मानिसहरूका भीडको आवाजजस्तै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनको शरीर पीतमणिजस्तै चहकिलो थियो, तिनको अनुहार बिजुलीझैँ चम्कन्थ्यो, तिनका आँखा राँकोझैँ बलिरहेका थिए। तिनका हात र खुट्टाहरू टल्काइएको काँसोजस्तै र तिनको स्वर ठूलो भीड़को स्वरझैँ थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उनको शरीर मणिझैँ चम्कन्थ्यो, अनुहार बिजुली चम्केझैँ उज्यालो थियो र आँखा राँकोझैँ बल्दथे। उनका हात-पाउ टल्काइएका काँसाझैँ टल्कन्थे र सोरचाहिँ एउटा ठूलो भीडको आवाजझैँ सुनिन्थ्यो। Viz kapitolaपवित्र बाइबल6 उनको शरीर फिरोजा पत्थर जस्तै चहकिलो थियो। उनको अनुहार बिजुली जस्तै चम्कन्थ्यो, उनको आँखा राँको झैं बलिरहेको थियो, उनका हात र खुट्टाहरू टल्काइएको काँसाको भाँडा जस्तै थिए। उनको बोलि भीडको आवाज जस्तै थियो। Viz kapitola |