दानिएल 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जो शारीरिक खोट नभएका जवान मानिसहरू, सुन्दर, सबै किसिमका बुद्धि प्राप्त गर्न सक्ने रुचि भएका, सबै कुराको ज्ञान भएका, छिटो सिक्न सक्ने र राजाको राजदरबारमा सेवा गर्न योग्यका होऊन्। अशपनजले तिनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्य सिकाउनुपर्ने थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 ती जवान मानिसहरू कुनै शारीरिक खोट नभएका, सुन्दर, हरकिसिमका शिक्षा सिक्ने क्षमता भएका, ज्ञानले परिपूर्ण भएका, छिटो सिक्न सक्ने र राजदरबारमा सेवा गर्नलाई योग्य हुनुपर्थ्यो। अशपेनजले उनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्य सिकाउनुपर्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ती युवकहरू देख्नमा सुन्दर, बुद्धिमान्, राम्रो तालिम पाएका, नयाँ कुरा झट्टै सिक्न सिपालु र शरीरमा केही खोट नभएका र राजदरबारमा सेवा-कार्य गर्न सबै गुण भएका हुनुपर्छ भन्ने आज्ञा भयो। तिनीहरूलाई अशपेनजले बेबिलोनका भाषा लेख्न र पढ्न सिकाउनुपर्नेभयो। Viz kapitolaपवित्र बाइबल4 ती मानिसहरू हट्टा-कट्टा, सुन्दर, शरीरमा कुनै चोट नभएका, सारा बुद्धिमा निपुण, साहित्य र विज्ञानको ज्ञानले परिपूर्ण, समझदार राजदरवारको सेवा गर्न सक्ने योग्य कल्दीहरूका भाषा र साहित्य सिकाउन भनी नपुंसकहरूका प्रधान अशपनजलाई हुकूम गरे। Viz kapitola |