कलस्सी 4:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरूमध्येका एक जना र ख्रीष्ट येशूका सेवक इपाफ्रासले अभिवादन पठाएका छन्। तिमीहरूका निम्ति तिनले जागा रहेर निरन्तर प्रार्थना गरिरहेका छन्, ताकि तिमीहरू सम्पूर्ण रूपले निश्चित र परिपक्व भई परमेश्वरको सारा इच्छामा स्थिर भई लागिरहन सक। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिमीहरूमध्येका एक जना ख्रीष्ट येशूका दास इपाफ्रासले पनि अभिवादन पठाएका छन्। तिनले आफ्ना प्रार्थनामा परिश्रमसाथ सधैँ तिमीहरूलाई स्मरण गर्छन्, ताकि तिमीहरू परिपक्व होओ, र परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न सक। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिमीहरूकै एक जना भाइ, ख्रीष्ट येशूका कमारा इपाफ्रासले अभिवादन पठाएका छन्। उनले सधैँ तिमीहरूको लागी खुरन्धार प्रार्थना गरिरहन्छन्। तिमीहरू परमेश्वरको इच्छा पूर्णरूपमा मान्ने भएर दिगो, पाको र पूरा विश्वासी होओ भन्ने उनको प्रार्थना छ। Viz kapitolaपवित्र बाइबल12 येशू ख्रीष्टका सेवक इपाफ्रासले पनि आफ्नो नमस्कार पठाएका छन्। उनी तिमीहरूकै समूहका हुन्। उनी सधैँ तिमीहरूका लागि प्रार्थना गर्दछन्। तिमीहरू आत्मिक रूपले परिपक्क होऊ र पमेश्वरले चाहेका सबै कुरा तिमीहरूसित होस् भन्दै उनी प्रार्थना गर्छन्। Viz kapitola |