Online Bible

- Reklamy -




आमोसको पुस्तक 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 याहवेह यसो भन्‍नुहुन्छ: “टायरका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले मित्रताको सन्धिलाई अनादर गर्दै एदोमलाई कैदीको सारा समुदाय बेचेकी छे;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “टुरोसका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले सम्‍पूर्ण समुदायहरूलाई एदोमको हातमा सुम्‍पिदिएको हुनाले, र दाजुभाइहरूले आपसमा बाँधेको करारको सम्‍झना नगरेकोले,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभु भन्‍नुहुन्‍छ, “टुरोसका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्‍ड नदिई छोड्‍नेछैनँ। तिनीहरूले एउटा समुदायका सबै मानिसहरूलाई कैद गरी एदोममा लगे र आपसमा बाँधेका मित्रताको सन्‍धि तोडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 परमप्रभुले यी सबै कुरा भन्नुहुन्छ, “म यो सोरका मनिसहरूलाई तिनीहरूले गरेको अपराधका निम्ति निश्चय नै सजाय दिनेछु। किनभने तिनीहरूले देशका सम्पूर्ण मानिसहरूलाई कैद गरी एदोम को दास बनाएर पठाई दिए। तिनीहरूले तिनीहरूको दाजू-भाइहरूसँग गरेको सम्झौताको सम्झना पनि गरेनन्।

Viz kapitola kopírovat




आमोसको पुस्तक 1:9

Následuj nás:

Reklamy


Reklamy