आमोसको पुस्तक 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले भने: “याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ, र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ; गोठालाका खर्कहरू सुकेर जान्छन् र कर्मेलको टाकुरा ओइलाउँछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुन्छ, र उहाँ यरूशलेमबाट गर्जनको चर्को आवाज गर्नुहुन्छ। गोठालाहरूका खर्कहरू र कर्मेलको टाकुरो सुक्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 आमोसले भने, “सियोन पहाडबाट परमप्रभु गर्जनुहुन्छ, यरूशलेमबाट उहाँको सोर आकाशको गर्जनझैँ निस्कन्छ। गाई-वस्तु चर्ने चउरहरू सुकिजान्छन् र कर्मेल डाँडाका घाँसपात ओइलिजान्छन्।” Viz kapitolaपवित्र बाइबल2 आमोसले भने, “परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ। परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ। यस समयमा गोठालाहरूको हरियो मैदान सुक्नेछ। यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।” Viz kapitola |