प्रेरित 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 परमेश्वरले उनलाई जायजेथा दिनुभएन। जमिनको एउटा सानो टुक्रासम्म पनि दिनुभएन। त्यस समयमा अब्राहामको कुनै सन्तान थिएन। तर पनि परमेश्वरले अब्राहामसँग उनी र उनको शेषपछि उनका सन्तानहरूले यो देशमा अधिकार जमाउनेछन् भनी प्रतिज्ञा गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनलाई त्यस ठाउँमा जायजात त परै जाओस्, पाइला राख्ने ठाउँसम्म पनि दिनुभएन। तर तिनको सन्तान नभए तापनि त्यो जायजात परमेश्वरले तिनका सन्तान-दरसन्तानलाई निजी सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यस बेला परमेश्वरले अब्राहामलाई यस देशमा आफ्नो पाइलो राख्नेसम्म जमिन पनि दिनुभएन। तर परमेश्वरले ‘यो देश तँ र तेरा सन्तानलाई दिनेछु’ भनेर प्रतिज्ञा गर्नुभयो। यो प्रतिज्ञा गर्नुहुँदा अब्राहामका छोरा-छोरी नै भएका थिएनन्। Viz kapitolaपवित्र बाइबल5 तर उहाँले अब्राहामलाई त्यो जमीनको कुनै टुक्रा आफ्नो बनाउन दिनुभएन, खालि यसको एक फूट मात्र पनि दिनुभए। तर तिनले प्रतिज्ञा गरे कि भविष्यमा त्यो जमीन उसको अनि उसको उत्तरधिकारीको हुनेछ। यद्यपि त्यस बेला अब्राहमको कुनै सन्तान थिएन। Viz kapitola |