प्रेरित 7:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 तब परमेश्वर तिनीहरूबाट विमुख हुनुभयो र आकाशका तारामण्डलको पूजा आराधना गर्न तिनीहरूलाई छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ: “ ‘हे इस्राएलका घराना हो, उजाडस्थानमा चालीस वर्षसम्म के तिमीहरूले मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तर परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुभयो, र तिनीहरूलाई आकाशका तारामण्डलको उपासना गर्न छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ, ‘इस्राएलका मानिस हो, के तिमीहरूले चालीस वर्षसम्म उजाड-स्थानमा मलाई पशुबलि र भेटीहरू चढ़ायौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 त्यसकारण परमेश्वरले तिनीहरूलाई त्याग्नुभयो र स्वर्गका ग्रह र ताराहरूलाई पुजून् भनेर छोडिदिनुभयो। त्यसको बारेमा धर्मशास्त्रमा अगमवक्ताहरूले यसरी लेखेका छन्– हे इस्राएली हो! तिमीहरूले चालीस वर्षसम्म उजाड-स्थानमा जुन बलि चढायौ, त्यो त मेरो लागि थिएन। Viz kapitolaपवित्र बाइबल42 तर परमेश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः ‘तिमी यहूदीहरूले चालीस वर्षसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं; Viz kapitola |