प्रेरित 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि उनलाई सबै दुःखबाट छुटकारा दिलाउनुभयो। उहाँले योसेफलाई बुद्धि दिनुभयो; र इजिप्ट देशका राजा फारोको कृपा पाउने योग्यको तुल्याउनुभयो। त्यसैले योसेफलाई फारोले आफ्नो सम्पूर्ण दरबार र इजिप्टभरिकै हाकिम बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमेश्वरले तिनका सारा कष्टबाट छुटाएर मिश्रदेशका राजा फारोको सामुन्ने तिनलाई कृपा गर्नुभयो र बुद्धि दिनुभयो, र फारोले तिनलाई मिश्रदेश र उनका सारा घरका हाकिम तुल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमेश्वरले तिनलाई सबै दु:खबाट छुटाउनुभयो। जब योसेफ मिश्रका राजा फारोका अघि आए, तब परमेश्वरले उनलाई सुबुद्धि र असल विचार दिनुभयो। यो देखेर फारोले उनलाई मिश्रदेशको बडा-हाकिम बनाए। त्यस बेलादेखि दरबारमा योसेफको हुकुम चल्न लाग्यो। Viz kapitolaपवित्र बाइबल10 यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए। Viz kapitola |