प्रेरित 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 येशूको नाममा विश्वास गर्नाले नै तपाईंहरूले देख्नुभएको र चिन्नुभएको यो मानिस आज आफ्नै खुट्टामा उभिन सक्ने भएको छ। येशूको नाम र उहाँबाट आउने विश्वासका कारणले नै यो मानिस पूर्ण निको भयो, जुन कुरा तपाईंहरू देख्दैहुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले तपाईंहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्यायो। येशूबाट पाएको विश्वासले यस मानिसलाई तपाईंहरू सबैका सामुन्ने पूरा निको पार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 येशूमाथि भरोसा गरेको हुनाले लङ्गडाले बल पायो। येशूको नाउँ सुनेर यिनको हृदयमा विश्वास जाग्यो अनि यिनको विश्वासले गर्दा अब तपाईंहरूले यिनलाई पूरै निको भएको देख्दै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल16 “येशूमा विश्वास रहेकै कारण यो मानिस अहिले निको भयो। यस्तो हुन गएको कारण चाहिँ हामी येशूको शक्तिमा पूर्ण विश्वास राख्दछौ। येशूमा विश्वास भएको कारणले यो मानिस निको भएको छ। तिमीहरूले उसलाई देख्छौ अनि तिमीहरूले उसलाई चिन्छौ। Viz kapitola |