प्रेरित 26:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 ताकि तिनीहरूका आँखा खोलिऊन् र तिनीहरू अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिबाट परमेश्वरमा फर्कून्। यसरी तिनीहरूले पापहरूबाट क्षमा पाऊन् र ममाथि विश्वास गरेका पवित्र जनहरूको बीचमा ठाउँ पाउन सकून्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्धकारबाट ज्योतितर्फ, र शैतानको शक्तिबाट परमेश्वरतर्फ फर्कून्। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन् र ममाथिको विश्वासद्वारा पवित्र भएकाहरूको स्थान तिनीहरूले पनि पाउनेछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिमीले तिनीहरूका आँखा खोलिदिएर तिनीहरूलाई अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिदेखि परमेश्वरतर्फ फर्काउनुपर्छ र तिनीहरूले ममाथि विश्वास गर्छन् अनि तिनीहरूको पाप मेटिनेछ र तिनीहरूले परमेश्वरका चुनिएका जनहरूको संगतिमा बस्न पाउनेछन्’। Viz kapitolaपवित्र बाइबल18 तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अँन्ध्यारोबाट उज्यालोमा फर्कनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसँग एक बनाइनेछ।’” Viz kapitola |