प्रेरित 25:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यसपछि फेस्तसले भने: “राजा अग्रिपा र हाम्रा बीचमा उपस्थित हुनुभएका सबै भद्र जनहरू हो, तपाईंहरू यस मानिसलाई देखिरहनुभएको छ! यरूशलेममा साथै यहाँ कैसरियामा भएका सम्पूर्ण यहूदी समुदायकाले यो मानिस अब उप्रान्त बाँच्ने योग्य छैन भनी मेरो सामु जोडतोडका साथ उजुर गरेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 फेस्तसले भने, “राजा अग्रिपास र हामीसँग यहाँ भएका सबै उपस्थित सज्जन हो, तपाईंहरूले यस मानिसलाई देख्नुहुन्छ, जसको विषयमा सारा यहूदीहरूले ‘यो मानिस अब उप्रान्त जिउने योग्यको छैन’ भनी यरूशलेममा र यहाँ पनि मसँग बिन्ती गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 फेस्तसले भने, “राजा अग्रिपास र यहाँ उपस्थित हुने सबै भलाद्मीहरू, यहूदीहरू सबैले मकहाँ उजुर गरेको मानिस यही नै हो। यो मानिसलाई मार्नुपर्छ भनी सबै यहूदीहरूले यरूशलेममा र यहाँ कैसरियामा पनि भन्छन्। Viz kapitolaपवित्र बाइबल24 फेस्तसले भने, “राजा अग्रिपा र तिमीहरू सबैजना हामीसँग भेला भएका छौ, यस मानिसलाई हेर। यहाँ भएका सबैजना यहूदीहरू र यरूशलेममा भएका यहूदीहरूले यस मानिसको विरुद्ध गुनासो पोखेका छन् र कराए कि उसको बाँच्ने अधिकार छैन। Viz kapitola |