प्रेरित 23:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसैले अब तपाईं र महासभाले त्यसको मुद्दाका बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना बनाई त्यस मानिसलाई भोलि महासभामा ल्याउन सेनापतिलाई उजुर गर्नुहोस्; अनि त्यो यहाँ आइपुग्नुभन्दा पहिले नै त्यसलाई मार्न हामी तयार छौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसकारण तपाईंहरू र महासभा मिलेर सेनापतिलाई अपिल गर्नुहोस्, र त्यसको मुद्दाको निर्णय अझ ठीक रूपले गर्नुपर्छ भन्ने बहाना बनाई त्यसलाई झिकाउनुहोस्। अनि त्यो यहाँ आउनासाथ हामी त्यसको हत्या गर्न तयार रहन्छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अब हजुरहरूले सेनापतिलाई ‘महासभाको तर्फबाट पावलको अरू जानकारी लिन चाहन्छौं’ भनेर पावललाई किल्लाबाट झिकाइदिनुहोस्। तब महासभामा आउँदाआउँदै हामी उसलाई बाटोमै मार्नेछौं।” Viz kapitolaपवित्र बाइबल15 यसकारण यसैले हामी तपाईंहरूलाई यस्तो गराउन चाहन्छौं तपाईहरूकहाँ ल्याउनु भनी खबर पठाउनु होस्। तिनलाई भन्नुहोस् कि पावलसँग तपाईंले धेरै प्रश्नहरू गर्नु छ। पावल यहाँ आई पुग्न अघि नै हामी उसलाई मार्न त्यारी भई बाटोमा बस्नेछौं।” Viz kapitola |