प्रेरित 21:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 यी मानिसहरूलाई साथमा लिनुहोस् र तिनीहरूसँगै आफैँलाई शुद्ध पार्नुहोस् र त्यसमा लाग्ने तिनीहरूको खर्च तिरिदिनुहोस्। तिनीहरूले आ-आफ्ना कपाल खौरून्। त्यसपछि तपाईंका बारेमा चलाइएका हल्लाहरूमा कुनै सत्यता रहनेछैन, तर तपाईंचाहिँ व्यवस्थाप्रति आज्ञाकारी भएर जिउनुहुँदो रहेछ भनेर हरेकले थाहा पाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यिनीहरूलाई लिएर तपाईं पनि यिनीहरूका साथसाथै शुद्ध हुनुहोस्, र यिनीहरूलाई चाहिने खर्च तपाईंले भरिदिनुहोस्, र यिनीहरूले कपाल खौरून्। यसरी तपाईंले व्यवस्था पालन गर्नुभएको देखेर तपाईंको विषयमा सुनेको कुनै कुरो सत्य रहेनछ भनी सबैले थाहा पाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिनीहरूले भाकल गरेको समय सकियो। अब तपाईं तिनीहरूलाई लिएर मन्दिरमा गएर शुद्ध हुने काममा भाग लिनुहोस्। खर्चहरूचाहिँ तपाईंले तिरिदिनुहोस् र तिनीहरूको कपाल खौरन लगाउनुहोस्। यसरी तपाईंले व्यवस्था मानेको देखेर तपाईंलाई लगाएको दोष साँचो होइन रहेछ भनेर सबैले थाहा पाउनेछन्। Viz kapitolaपवित्र बाइबल24 यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसँगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनमा पालन गरेको देख्नेछन्। Viz kapitola |