प्रेरित 20:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 एशिया प्रान्तमा समय बिताउनु नपरोस् भनेर पावलले एफिससबाट तर्किएर जाने निर्णय गरे। पावल हतारमा थिए; किनकि सम्भव भएसम्म पेन्टिकोस्ट पर्वको दिनमा उनी यरूशलेममा पुग्न चाहन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 एशियामा समय बिताउने विचार नभएको हुनाले तिनले एफिसस नपसी जाने निश्चय गरे। किनभने सम्भव भए पेन्तिकोसको दिन यरूशलेममै पुग्ने तिनले आतुरी गरिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एशियामा अलमल हुन्छ भनेर पावल एफिसस सहरमा नपस्ने निधो गरे किनभने उनलाई यरूशलेममा पुग्न हतार भएको थियो। उनले पेन्तिकोसको चाडमा सकेसम्म पुग्ने इच्छा राखेका थिए। Viz kapitolaपवित्र बाइबल16 पावलले पहिले नै एफिससमा नरोकिने भनेर निर्णय लिएका थिए। उनी एशियामा धेरै दिन बस्न पनि चाहेनन्। उनी हतारमा थिए किनभने उनी सम्भव भए पेन्तिकोष पर्वमा यरूशलेममा हुन चाहन्थे। Viz kapitola |