प्रेरित 18:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 पावल धेरै दिनसम्म कोरिन्थमै बसे। त्यसपछि तिनी विश्वासीहरूसँग बिदा भएर प्रिस्किला र अक्विलालाई आफ्नो साथ लिएर जहाजबाट सिरियातिर लागे। जहाजमा चढ्नुभन्दा अगि आफ्नो एउटा भाकलको कारण उनले किंक्रियामा कपाल खौरे। अनि Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यसपछि पावल धेरै दिनसम्म त्यहाँ बसे। तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किंक्रियामा आफ्नो कपाल खौरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 पावल निकै दिनसम्म प्रभुमा विश्वास गर्ने दाजुभाइहरूसँग कोरिन्थ सहरमा बसे। त्यसपछि उनी बिदा भएर प्रिस्किला र अकिलाससँग समुद्रको बाटो भई सिरिया इलाकातिर जान हिँडे। केही समयअगाडि कुनै भाकल गरेको हुनाले पावलले किंक्रिया सहरमा पानीजहाज चढ्नुभन्दा अघि आफ्नो कपाल खौरे। Viz kapitolaपवित्र बाइबल18 पावल दाज्यू-भाइहरूसँग धेरै दिन बसे। त्यपछि विदा लिएर जलपथबाट सिरिया गए। प्रिस्किला र अक्वीला पनि तिनीसँगै थिए। किंक्रियामा परमेश्वरसँग आफ्नो प्रतिज्ञा पुरा गर्न पावलले आफ्नो केश कटाए। Viz kapitola |