Online Bible

- Reklamy -




प्रेरित 17:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ ईर्ष्या गर्न थाले; त्यसकारण बजारका केही बदमास मानिसहरूको भीड जम्मा पारेर तिनीहरूले सहरमा हुलदङ्गा मच्‍चाउन थाले। त्यसपछि यासोनको घरको सामु तिनीहरूले पावल र सिलासलाई भीडका सामु ल्याउन खोजे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर डाहले भरिएर यहूदीहरूले बजारका बदमाशहरूलाई जम्‍मा गरी हूल उठाएर सहरमा खैलाबैला मच्‍चाउन लाए, अनि यासोनको घरमा हमला गरेर पावल र सिलासलाई जनताको सामुन्‍ने ल्‍याउन खोजे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर अरू यहूदीहरूले चाहिँ उनीहरूको डाह गरे अनि गल्‍लीका गुण्‍डाहरूलाई भेला गरेर सहरमा उपद्रव गर्न लगाए। तिनीहरूले पावल र सिलासलाई भीडको अगाडि ल्‍याएर उभ्‍याउन यासोनको घरतिर दगुरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तर यहूदीहरूले विश्वास गरेनन् डाह गरे। तिनीहरूले केही दुष्ट मानिसहरू जो बजारमा घुमिहिंड्थे भाड़ामा ल्याए। ती दुष्ट मानिसहरूले त्यहाँ थुप्रेर शहरमा खैला-बैला मच्चाउन थाले तिनीहरू पावल र सिलासलाई जनसमक्ष ल्याउन चाहन्थे।

Viz kapitola kopírovat




प्रेरित 17:5

Následuj nás:

Reklamy


Reklamy