प्रेरित 17:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 किनकि जब म यस सहरतिर घुम्दै जाँदा तपाईंहरूले पूजा गर्ने वस्तुहरूलाई हेरेँ, त्यहाँ एउटा वेदीमा मैले यस्तो लेखिएको भेट्टाएँ: अज्ञात देवताका निम्ति। तपाईंहरूले अनजानमै जसको पूजा गरिरहनुभएको छ, म उहाँकै बारेमा तपाईंहरूलाई प्रचार गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 किनकि घुमफिर गर्दैजाँदा तपाईंहरूले पुज्ने वस्तुहरू मैले देखे। मैले एउटा यस्तो वेदी पनि भेट्टाएँ जसमा “अज्ञात देवताको निम्ति” भन्ने खोपिएको रहेछ। यसैले जसलाई तपाईंहरू नजानिकन पुज्नुहुन्छ उनलाई म तपाईंहरूका माझमा घोषणा गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यस सहरमा घुम्दा मैले हजुरहरूको पूजा गर्ने ठाउँहरू पनि हेरें। एक ठाउँको बलि चढाउने वेदीमा ‘नचिनेको ईश्वरलाई’ भनी लेखिएको रहेछ। तपाईंहरूले नचिनीकनै पूजा गर्नुभएको उही परमेश्वरलाई म अहिले प्रचार गर्दै छु। Viz kapitolaपवित्र बाइबल23 म तपाईंहरूको नगर भित्र गएँ अनि तपाईंहरूले पुज्ने कुराहरू पनि देखें। मैले त्यहाँ एउटा वेदी पनि पाए जहाँ लेखिएको रहेछः ‘अनजान देवतालाई।’ तपाईं त्यस देवतालाई पूज्नु हुँदो रहेछ जसलाई जान्नुहुन्न। म उही परमेश्वरको विषयमा भनिरहेछु! Viz kapitola |