प्रेरित 17:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 इपिक्युरी र स्तोइकी दार्शनिकहरूका समूहले तिनीसँग वाद-विवाद गर्न थाले। तीमध्ये केहीले सोधे, “यस बकबकेले के भन्न खोज्दैछ?” अरू केहीले यसो भने, “यो मानिस अन्य कुनै परदेशी देवताको प्रचारकजस्तो देखिन्छ।” किनकि पावलले येशूको सुसमाचार र पुनरुत्थानको शिक्षा दिएकाले तिनीहरूले यसो भनेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 इपिक्युरी र स्तोइकी दार्शनिकहरूमध्ये पनि कतिले तिनीसँग वाद-विवाद गरे। उनीहरू कतिले भने, “यो बकबके के भन्छ?” अरूहरूले भने, “अरू कुनै विदेशी देवी-देवताहरूको प्रचार गर्नेजस्तो देखिन्छ।” किनकि तिनले येशू र मृतकबाट जीवित हुने कुराको प्रचार गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 केही इपिक्युरी र स्तोइकी भन्ने दर्शनका केही पण्डितहरूले पनि पावलसँग तर्कवितर्क गर्न थाले। तिनीहरूमध्ये कतिले भने, “यो फत्फते के भन्छ?” कतिले चाहिँ, “यसले त नौलो देवताहरूको प्रचार गर्दै रहेछ!” भने। पावलले येशूको बारेमा र उहाँ मरेकोबाट बिउँतनुभएको सन्देश प्रचार गरेका हुनाले तिनीहरूले यसो भने। Viz kapitolaपवित्र बाइबल18 त्यहाँ कतिपय इपिक्युरीया र स्तोइक दार्शनिकहरूसँग निक्कै विचार-विमर्ष भयो। तिनीहरू मध्ये कतिले भने, “यो कथा वाचकले के भन्न खोजिरहेको छ?” जब पावलले येशू अनि उहाँको मृत्युबाट बौरी उठेको वर्णन गरिरहेथे। केही अरूले भने, “उसले अन्य कोही देवताहरूका विषयमा कुरा गरेको जस्तो लाग्छ।” Viz kapitola |