प्रेरित 15:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 मण्डलीले तिनीहरूलाई त्यसरी पठाएपछि जब तिनीहरू फोनिके र सामरियाको बाटोहुँदै यात्रा गरिरहेका थिए, तब तिनीहरूले कसरी गैरयहूदीहरू प्रभुको बाटोमा फर्किएका थिए, सो सविस्तार सुनाए। त्यो खबरले सबै विश्वासीहरू प्रसन्न भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मण्डलीका सदस्यहरूले तिनीहरूलाई त्यहाँबाट बिदा दिए। तिनीहरू फोनिके र सामरियाबाट भएर जाँदा अन्यजातिहरूले प्रभुलाई ग्रहण गरेको कुरा तिनीहरूलाई सविस्तार सुनाए। यस खबरले त्यहाँका भाइहरू अत्यन्तै आनन्दित भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मण्डलीका दाजुभाइ र दिदी-बहिनीहरूले तिनीहरूलाई यात्रामा जानको लागि सहायता दिएर पठाए। तिनीहरू फोनिके र सामरिया क्षेत्रहरूबाट गए। यसरी जाँदाजाँदै तिनीहरूले ठाउँ-ठाउँमा भएका प्रभुमा विश्वास गर्ने दाजुभाइहरूलाई अन्य-जातिहरूले पनि विश्वास गरेका छन् भन्ने कुरा सुनाए। यो कुरा सुनेर ती दाजुभाइहरू धेरै खुसी भए। Viz kapitolaपवित्र बाइबल3 उनीहरूको यात्रालाई मण्डलीले सहयोग गर्यो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो। Viz kapitola |