प्रेरित 12:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 हेरोदले पत्रुसको धुइँपत्ताल खोजी गर्न लगाए। तर उनलाई नभेट्टाएपछि पहरेदारहरूसँग फेरि सोधपुछ गरिसकेपछि तिनीहरूलाई मृत्युदण्डको आज्ञा दिए। त्यसपछि हेरोद यहूदियाबाट कैसरिया गएर केही समय त्यहीँ बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हेरोदले तिनको खोजी गरेर पनि फेला नपार्दा, सिपाहीहरूको जाँच गरी तिनीहरूलाई ज्यानसजायको हुकुम गरे। हेरोदचाहिँ यहूदियाबाट कैसरिया गएर त्यहीँ नै बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हेरोदले तिनलाई खोज्ने हुकुम दिए, तर तिनीहरूले पत्रुसलाई कहीँ पनि फेला पार्न सकेनन्। त्यसो हुँदा हेरोदले पहरा बस्ने सिपाहीहरूलाई पूरै केरकार गरे र जवाफ नपाउँदा तिनीहरूलाई मृत्युदण्ड दिए। त्यसपछि हेरोद यरूशलेम छोडेर कैसरिया सहरमा गए अनि त्यहीँ नै बसे। Viz kapitolaपवित्र बाइबल19 राजा हेरोदले पत्रुसलाई चारैतिर खोज तलाश गरे तर पाउन सकेनन्। तब हेरोदले सिपाहीहरूलाई सोधखोज गर्न थाले। पत्ता नलाग्दा सिपाहीहरूलाई नै मार्ने हुकुम दिए। पछि हेरोद यहूदियाबाट सिजरिया शहरमा केही समयको लागि त्यही बसे। Viz kapitola |